कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार सन् २०१९ मा भएको इस्टर सन्डेका सबै पीडितलाई न्याय दिने आश्वासन दिएका छन् ।उनले त्यसका निम्ति सबै कानुनी प्रक्रिया अघि बढिरहेको बताएका हुन् । कोलम्बो गजेटका अनुसार घटनाको स्वतन्त्र र निष्पक्षरूपमा घटनाको छानबिन गरिने छ ।

आफ्नो इस्टर आइतबार सन्देशमा राष्ट्रपति विक्रमासिङ्घेले आक्रमणबाट भएको पीडाबारे आफू सचेत रहेको बताउँदै उक्त दुःखद घटनाको अनुसन्धान स्वतन्त्र र निष्पक्षरूपमा अघि बढिरहेको बताए ।श्रीलङ्काका राष्ट्रपतिले यस्ता जघन्य कार्यको पुनरावृत्तिलाई रोक्ने गरी देशको सुरक्षा सुनिश्चित गर्न आफ्नो अटल प्रतिबद्धता व्यक्त गरे ।

“सबै पीडितलाई न्याय सुनिश्चित गर्न यस उद्देश्यका लागि आवश्यक आधार तयार गरिएको छ । म त्यस्ता जघन्य कार्यको पुनरावृत्तिलाई रोक्ने गरी हाम्रो देशको सुरक्षा सुनिश्चित गर्न मेरो अटल प्रतिबद्धताको प्रतिज्ञा गर्दछु”, राष्ट्रपतिले भने ।

आफ्नो सन्देशमा राष्ट्रपतिले सरकार जात, धर्म, पार्टी वा रङ्गको भेदभाव नगरी सबै श्रीलङ्काली जनताहरूको आकाङ्क्षा पूरा गर्न समर्पित रहेको पनि उल्लेख गरे । “मलाई दृढ विश्वास छ हामी निकट भविष्यमा यी चुनौती पार गर्न सक्छौँ”, राष्ट्रपतिले भने । श्रीलङ्काली साझा एजेन्डामा एकजुट हुने, साँघुरो राजनीतिक उद्देश्य र प्रतिगामी प्रवृत्तिलाई परास्त गर्दै त्योभन्दा माथि उठ्ने विश्वास व्यक्त गरे ।

अप्रिल २१ मा क्रिस्चियन समुदायले इस्टर सन्डे मनाउने क्रममा श्रीलङ्काका कोलम्बो, नेगोम्बो, कोच्चिकेडे र बट्टिकालोआलगाययतका आहरमा आठवटा विस्फोटन भएका थिए । उक्त शृङ्खलाबद्ध विस्फोटमा ११ भारतीयसहित कम्तीमा दुई सय ५० जनाको मृत्यु भएको थियो भने पाँच सय भन्दाबढी घाइते भएका थिए । मृत्यु हुनेमा कम्तीमा ४० विदेशी नागरिक र कम्तीमा ४५ बालबालिका रहेको बताइएको छ ।-(रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!