मंगलबार, चैत्र ०४, २०७६ || 596  पटक पढिएको
पूर्वी पहाडी जिल्ला इलाममा ग्यास अभाव भएको छ । कोरोना भाइरसका त्रासका कारण उपभोक्ताले सिलिण्डर भरेर राख्न थालेपछि बजारमा ग्यास अभाव भएको हो । बजारमा ग्यास अभाव भएपछि उपभोक्ता मारमा परेका छन् । विशेष गरेर कोठा बस्ने विद्यार्थी, कर्मचारी, गृहिणी, होटल व्यवसायी लगायत समस्यामा परेका छन् । होटलमा खाना, खाजा, चिया खान आउने सेवाग्राहीलाई पनि फर्काउनुपर्ने स्थिति आउने भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको होटल व्यवसायीको भनाइ छ । सहज रुपमा ग्यास आपूर्ति नहुँदा बजारी क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई समस्या भएको छ । सरकारी निकायबाट बजारमा ग्यासको अभाव नभएको भन्ने गरे पनि बजारमा ग्यास पाउन नै छोडेको छ । यसले गर्दा उपभोक्तालाई समस्या भएको छ । पुरानो सिलिण्डर बुझाएको १५ दिन बित्दा पनि ग्यास पाउन समस्या हुँदा उपभोक्तालाई मारमा परेको स्थानीयवासीको भनाइ छ । इलाम बजारका स्थानीय बालकुमार पोख्रेलले ग्यास अभावका कारण खाना खान नै समस्या आउने भन्दै बेलैमा समस्याको समाधान गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले एउटा सिलिण्डर बुझाएको र अर्को सिलिण्डर डिलरमा बुझाएको १० दिन बितिसक्दासमेत नयाँ सिलिण्डर नपाएको गुनासो गर्नुभयो । ग्यास अभाव हुनुमा सबैभन्दा बढी दोषी उपभोक्ता नै भएको बिक्रेताको भनाइ छ । कोरोना भाइरसको त्रासले उपभोक्ताले ग्यास भरेर घरमा राखेका कारण यस्तो समस्या आएको बताइएको छ । भाइरस भित्रिए भारतले नाका शिल गर्दै जाने र ग्याससमेत नपठाउने भएकाले उपभोक्ताले ग्यास आउने बित्तिकै लैजाने र स्टक गर्ने भएकाले यस्तो स्थिति आएको कोशी ग्यास डिलर इलामका माधव श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार महिना दिनअघि मासिक एक हजार ६०० को हाराहारीमा ग्यास आउने गरेको थियो तर अहिले दुई हजार ४०० माथि ग्यास सिलिण्डर आउँदा पनि ग्यास हाहाकार हुनुमा उपभोक्ताकै कारण समस्या आएको उहाँले बताउनुभयो । व्यापारीले कालाबजारी गरेको हो वा हुनेखाने उपभोक्ताले बजार कब्जा गरेको हो ? यस विषयमा अनुसन्धान र खोजी गर्न जरुरी रहेको उहाँको भनाइ छ तर सामान्य जीवनस्तरमा चल्ने उपभोक्तालाई भने अत्यन्तै समस्या भएको छ । यसतर्फ पनि सम्बन्धित निकायले चासो बढाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!