हिपमत डटकम

बिहिबार, चैत्र २३, २०७९ || 12808  पटक पढिएको

मोरङ, चैत्र २३ गते । मोरङको बिराटनगर महानगरपालिका-७ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवान्गजन गाउँपालिका-३ सुनसरीका १८ बर्षीय राजकुमार यादव, भारत अररिया लक्ष्मीपुरका २५ बर्षीय सुशिल कुमार यादन र भारत पोसदाह पंचायतका २५ बर्षीय शौरभ कुमार यादव रहेका छन ।

गत फाल्गुन १० गते बिराटनगर-७ स्थित सडक साईडमा पार्किङ गरी राखेको बेलबारी-४ का बम बहादुर खवासको नाममा रहेको को.२५ प १९४५ नम्वरको मोटरसाईकल चोरी गरी भारतीय नम्बर BR35802 लेखी चलाउदै गरेको अवस्थामा साथै आवश्यक कागजात नभएका BR38Q8656 र BR38T0021 नम्बरको भारतीय नम्बर प्लेट भएका मोटरसाईकल सहित उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

चोरीको मोटरसाईकल सहित पक्राउ परेका तीनै जनाको सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!