मंगलबार, चैत्र ०४, २०७६ || 742  पटक पढिएको
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिमलाई दृष्टिगत गर्दै कास्की कारागारमा बुधबारदेखि कैदीबन्दी भेटघाट बन्द गरिने भएको छ । कोरोना सङ्क्रमणसँग बेलैमा सचेत बन्नका लागि कारागार प्रशासन र कैदीबन्दीबीच भएको छलफलपछि आगामी चैत १४ गतेसम्मका लागि कैदीबन्दी र आफन्तजनबीच भेटघाट बन्द गर्ने निर्णय गरिएको कास्की कारागारका प्रमुख गणेश गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यकताअनुसार कानून व्यवसायीका साथै कुनै अत्यावश्यकीय भोटघाट भने हुनेछ । “कोरोना सङ्क्रमण आइहाल्यो भने के गर्ने भन्नेबारे पूर्वतयारी गर्नका लागि पनि केही दिनका लागि भेटघाट बन्द गर्न लागेका हौँ”, गौतमले भन्नुभयो, “पूर्वसजगताकै लागि कारागारभित्र माक्स उत्पादन गर्न शुरु गरिएको छ ।” अहिले कारागारभित्रै दैनिक १०० देखि १५० सम्म माक्स उत्पादन भइरहेको र कैदीबन्दीलाई प्रतिमाक्स रु ३० मा उपलब्ध गराइएको छ । तयारीस्वरुप नै कारागारभित्र प्रत्येक ब्लकमा २० जनासम्म रहन सक्नेगरी ‘आइसोलेशन’ कक्ष निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । कूल २४० जनाको क्षेमता रहेको कास्की कारागारमा हाल ८७० जना कैदीबन्दी रहेको प्रशासनले जनाएको छ । गण्डकी प्रदेश सरकारले कारोनाको सम्भाव्य जोखिम न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका औपचारिक कार्यक्रम, भेला महोत्सव नगर्नु र बेलैमा सचेत हुन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!