मंगलबार, चैत्र ०४, २०७६ || 639  पटक पढिएको
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १३ हजार ३८५ गुनासो सम्बोधन गरी एक हजार ७०५ पुनःनिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । प्राधिकरणको कार्यकारी समितिको आज बसेको १३०औँ बैठकले ४८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको छ । योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवं २०७६ बाट सङ्कलित एक लाख ८९ हजार गुनासोमध्ये एक लाख ८२ हजार ३०१ को नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार १७ हजार १०६ पुनःनिर्माण लाभग्राही र आठ हजार ३०८ प्रवलीकरण लाभग्राही कायम भएका छन् । बाँकी गुनासो यही चैत मसान्तभित्र विश्लेषण गरी नतिजा प्रकाशित गरिने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । कार्यकारी समितिले ३५९ प्रवलीकरण लाभग्राहीलाई पुनःनिर्माण लाभग्राही कायम गर्ने निर्णय पनि गरेको छ । गुनासो सम्बोधनको नतिजा जान्नका लागि गुनासोकर्तालाई आ–आफ्नो स्थानीय तहमा सम्पर्क राख्न उहाँले आग्रह गर्नुभयो । आफू लाभग्राही भई अनुदान पाउन योग्य छु भन्ने लागेमा गैरलाभ ग्राही कायम भएका गुनासोकर्ताले पुनरावेदन समितिमा पुनरावेदन गर्न सक्ने छन् । यसका लागि उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा एक जना कानून व्यवसायी र एक प्राविधिक गरी तीन सदस्यीय समितिको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!