मंगलबार, चैत्र ०४, २०७६ || 1140  पटक पढिएको
सिरहा प्रहरीले अवैध घरेलु मदिरा उत्पादनमा सङ्लग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । धनुषामा घरेलु मदिराको सेवनबाट २० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सिरहा प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान शुरु गरेको हो । अभियानमा घरेलु मदिरा उत्पादन गर्ने कार्यमा संलग्न रहेको आरोपमा जिल्लाको विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय लहान सिरहामा बुझाइएको छ । घरेलु मदिरा बनाउने भट्टी भत्काउने, तयारी मदिरा नष्ट गर्ने र मदिरा उत्पादन कार्यमा संलग्नलाई पक्राउ गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । अभियान शुरु गरेपछि दुई दिनको अवधिमा प्रहरीले तीन हजार ४०० लिटर तयारी अवैध घरेलु मदिरा, ३२ हजार ७८० लिटर कच्चा पदार्थ नष्ट गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!