हिपमत डटकम

शनिबार, चैत्र १८, २०७९ || 78494  पटक पढिएको

नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनले नै पाँच वर्षसम्म सरकार चलाउने दाबी गर्नुभएको छ।

उहाँले अहिले देश निकै जटिल अवस्थामा रहेकोले यो सरकारलाई एक मिनेट पनि बेकारमा समय बिताउने छुट नरहेका बताउनुभयो। उहाँले उद्घाटन र शिलान्यासमा समय खेर नफाल्न आग्रहसमेत गर्नुभएको छ।

नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। महामन्त्री थापाले भन्नुभयो, ‘‘अबको पाँच वर्ष सरकार र नेपाली जनता दुबैका लागि निकै महत्त्वपूर्ण रहेकोले परिणाममुखी काम गरेर देखाउने चुनौती यो गठबन्धनका लागि थपिएको छ।’’

निर्वाचनको समयमा भएको गठबन्धनकै सरकार अहिले फेरि निर्माण भएकोले यो सरकार पाँच वर्ष रहने उहाँको भनाइ छ। सरकारले एक मिनेट पनि ढिला नगरेर दिनरात देश र जनताका लागि काम गर्नुपर्ने बताउनुभएको छ।

पछिल्लो समयमा देशको अवस्था बारे नेपाली जनतामा निराशा र अविश्वास बढ्दै गएकोले अब सरकारसँग धेरै समय नरहेको महामन्त्री थापाले बताउनुभयो।

उहाँले देशको आर्थिक अवस्थालाई लिएर पूर्वदेखि पश्चिमसम्मका सबै नेपाली जनतामा निराशा उत्पन्न भएको जनाउँदै नेपाली कांग्रेसले मात्रै सो निराशालाई समाप्त पार्ने बताउनुभयो।

नेपाली कांग्रेसले अर्थ र उद्योग मन्त्रालय सम्हालेकोले अब छिट्टै देशको आर्थिक अवस्थामा निश्चित रूपमा सुधार ल्याउनुको विकल्प नरहेको थापाको भनाइ छ। कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका नेपाली कांग्रेस सचेतक अनिता देवकोटाले देशलाई सङ्कट र समस्या परेको बेला सधैँ कांग्रेसले नै पार लगाएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!