हिपमत डटकम

सोमबार, चैत्र १३, २०७९ || 20428  पटक पढिएको

लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलि बाबाका संस्थापक ज्याक मा हाङ्जाउको विद्यालयमा देखा परेका छन् ।साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ज्याक मा हालै चीन फर्किएका छन् । उनी एक वर्षभन्दा बढी समयदेखि विदेशमा थिए । यो पत्रिका ज्याक माको कम्पनी अलिबाबाको स्वामित्वमा छ ।

५८ वर्षीय ज्याक माले २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेका थिए । त्यसयता उनी विरलै सार्वजनिक रूपमा देखिए ।ज्याक मा प्राविधिक उद्यमीहरू विरुद्धको अभियान पछि बेपत्ता हुने सबैभन्दा उच्च प्रोफाइल अरबपति थिए ।साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार उनी केही समय हङकङमा बसे जहाँ उनले साथीहरूसँग भेटघाट गरे । उनी अन्तर्राष्ट्रिय कला महोत्सवमा पनि गए । ज्याक मा कृषि प्रविधिको बारेमा जानकारी लिन विभिन्न देशको भ्रमण गरिरहेका थिए तर पछिल्ला वर्षहरूमा उनी किन सर्वसाधारणको नजरबाट टाढा थिए भन्ने जानकारी भने अखबारले दिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!