शुक्रबार, मंसिर २०, २०७६ || 1635  पटक पढिएको

हिपमत डटकम
धनकुटा,मंसिर २०।

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ९ सानो सफाई बस्ने ५६ बर्षिय राम राई उन्सत्तरी (६९) केजी गाँजा सहित पक्राउ परेका छन् । हिजो दिउँसो साढे १२ बजे जिल्ला प्रहरी कार्यालय धनकुटा र ईलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले राईलाई उनकै घरबाट सो परीमाणको गाँजा सहित पक्राउ गरेको हो । राईले अवैध लागुऔषध गाँजा खेती तथा उत्पादन गरी बिक्री बितरण गर्ने गरेको सुराकका आधारमा उनको घरमा रित पूर्वक खानतलासी गर्दा घर भित्र संचय गरी राखेको एकाउन्न(५१) केजी तयारी गाँजा फेला पारी बरामद गरिएको हो भने उनैले वरपर बारीमा लुकाई छिपाई राखेको अवस्थामा अठार(१८) केजी गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। बरामद गरिएको गाँजा र पक्राउ परेका राम राई लाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखीएको छ भने राई उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!