हिपमत डटकम

शुक्रबार, चैत्र १०, २०७९ || 22043  पटक पढिएको

काठमाडौं, १० चैत। धादिङ, थाक्रे गाउँपालिका(७ राम्चेस्थित सडकमा बा।२ क ४७०० नम्बरको टिपर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा टिपर चालक सोही गाउँपालिका(७ राम्चे बस्ने ३० वर्षीय अन्जन तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्सैगरी महोत्तरी, मटिहानी नगरपालिका(६ जलसागरस्थित सडकमा प्र।२(०२००५ प ९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका(७ बस्ने २४ वर्षीय राजा मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेक्सलाइट हस्पिटल जिरोमाइल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!