मंगलबार, चैत्र ०४, २०७६ || 1550  पटक पढिएको

कालीकोटका स्याउ किसानले रु २३ लाख क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरुले क्षतिपूर्ति पाएका हुन् । शिखर इन्स्योरेन्स कम्पनीले कालीकोट तिलागुफा नगरपालिकाका किसानलाई एकमुष्टरुपमा क्षतिपूर्ति उपलब्ध गराएको हो ।

शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेका अनुसार २०७२ सालदेखि स्याउ बीमा कार्यक्रम शुरु भएको हो । अहिले हुम्लाबाहेक तत्कालीन कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसान स्याउ बीमाप्रति निकै उत्साहित छन् । असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बीमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन् ।

तिला गुफाका किसानले रु एक हजारदेखि रु ५० हजारसम्म क्षतिपूर्ति पाएका छन् । पाँच बिरुवा हुने किसानले रु एक हजार र २५० बिरुवा हुनेले ५० हजार क्षतिपूर्ति पाएको इन्चार्ज पाण्डेले बताउनुभयो । यहाँका किसानले वर्षेनी स्याउ बीमा नवीकरण गर्छन् ।

कालीकोटमा वर्षेनी खडेरी र असिनापर्ने भएको क्षतिपूर्ति पाइराखेका छन् । स्याउ बीमा गर्दा उत्पादन नभए पनि बीमास्वरुप क्षतिपूर्ति पाउने भएकाले स्याउखेती बीमा गर्न किसान लागिपरेका हुन् । स्याउखेती बीमाले कर्णालीमा स्याउखेती गर्न किसानलाई उत्साहित बनाएको छ । जलवायु परिवर्तनका कारण एकै खालको मौसम नहुने भएकाले स्याउ बीमा गर्न किसान आकर्षित भइरहेको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!