हिपमत डटकम

मंगलबार, चैत्र ०७, २०७९ || 11280  पटक पढिएको

काबुल । अफगानिस्तानको कार्यवाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा दाएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध १०० जनाभन्दा बढी लडाकुहरूलाई मारेको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले मङ्गलबार उल्लेख गरेको छ ।

निजी म सञ्चार माध्यमका अनुसार सुरक्षा बलहरूले काबुल, बाल्ख, हेरात र अफगानिस्तानका अन्य भागहरूमा आईएस लडाकुहरू लुकेका ठाउँहरूमा पछिल्लो समय ७० भन्दा बढी सैन्य कारबाही गरेका छन्।सन् २०२१ अगष्टमा तालिबानले देश कब्जा गरेपछि सुरक्षा स्थितिमा उल्लेखनीय सुधार आएको भए पनि युद्धग्रस्त देशले धेरैजसो आत्मघाती बम आक्रमण र आतङ्कवादी हमलाहरूको भने सामना गरिराखेको छ । पछिल्ला आतङ्कवादी हमलाको जिम्मेवारी भने आइएसले लिएको छ । उत्तरी बाल्ख प्रान्तमा भएको उक्त हमलामा प्रान्तीय गभर्नरको मृत्यु भएको थियो भने पाँच जना पत्रकारसहित थुप्रै घाइते भएका थिए ।

तर विदेश मन्त्री मौलावी अमिर खान मुत्ताकीले अफगानिस्तानको कुनै पनि भागमा आइएसको अस्तित्व नभएको दाबी गर्दै आईएस समूहलाई खतराको रूपमा अस्वीकार गरेका छन् ।यसअघि तालिबानद्वारा सञ्चालित कार्यवाहक प्रशासनका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले दाएस “गम्भीर खतरा होइन” र सुरक्षा बलहरूले उग्रवादी समूहलाई नियन्त्रणमा लिन सक्ने बताएका थिए । (रासस-सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!