हिपमत डटकम

शुक्रबार, चैत्र ०३, २०७९ || 17477  पटक पढिएको

सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका वडा न. ५ टकुवामा पशुपन्छी तथा मत्सय विकास शाखाद्धारा नि :शुल्क पशु स्वास्थ शिविर कार्यक्रम आयोजना गरिएको छ ।

बिहान ८ बजे देखि आयोजना गरिएको सो कार्यक्रममा २३४ घर परिवारले सुबिधा पाएको आयोजकले जनाएको छ । निशुल्क पशु उपचार सेवा , स्वास्थ परिक्षण , निशुल्क वन्धाकरण , नि;शुल्क गर्वधारण गरिएको पशुपन्छिी तथा मत्स्य विकासका साखाका प्रमुख रंजित कुमार . झाले बताएका छन् ।

पशुपन्छि तथा मत्स्य विकासका साखा प्रमुख रंजित कुमार झाले नि;शुल्क पशु उपचार सेवा , स्वास्थ परिक्षण , नि;शुल्क बंध्याकरण , निशुल्क गर्वधारण गरिएको बताएका छन् । एक व्यक्ति बापत ८ देखि १० वटा सम्म पनि गाई वस्तु जाचँ उपचार गराएर औषधी लिएर गएको आयोजकले जानकारी दिए।

वरिष्ट पशु विकास अधिकृत शंकर यादवले विभिन्न प्रकारका वस्तुहरु उपचारको लागि ल्याइएको बताए । केही सिकिस्त अवस्थामा रहेका बिमारी बस्तुहरुको पनि उपचार गरेको उनले बताए। कृत्तिम गर्भधारनको व्यवस्था पनि रहेको उनले बताए ।

सोही वडाका बासिन्दा रामलाल राजवंशीले पशु उपचार शिविरको कारण पशुमा भएको समस्या बारे सबैलाई जानकारी भएको ,गाई वस्तुको गर्व धारण देखि ,भ्याकसिन सम्म लिएर राम्रो सुविदा पाएको उनले बताए ।

सुनवर्षी नगरपालिका वडा न -५ का वडाअध्यक्ष युगेश्वर ठाकुरले यस प्रकारको शिविरहरु आवश्यक रहेको बताए। पशुपन्क्षिमा हुने विभिन्न खाले समस्याको समाधान आफ्नै गाउँमा पाउदा स्थानैयाहरु हर्षित भएको ठाकुरले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!