हिपमत डटकम

शुक्रबार, चैत्र ०३, २०७९ || 6212  पटक पढिएको

देशको तेस्रो उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको चुनावमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमतकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

उनले संघीय सांसदको १८४ मतकाे १४५३६ मतभार र प्रदेश सांसदको ३२९ मतकाे १५७९२ मतभार पाए । उनले कुल ३०३२८ मतभार पाएका छन् ।

शाक्यले प्रदेशसभाका १६९ मत पाइन् भने उनलाई संघीय स‌ंसदका १०४ जना सांसदले मत दिएका थिए । यस्तै ममता झाले प्रदेशका १५ र संघीय संसदका २३ सांसदकाे मत पाइन् । उम्मेदवारी निष्क्रिय भएकाे घाेषणाा गरेकी प्रमिला यादवले १ जना प्रदेश सांसदकाे मत पाइन् । उनलाई संघीय सांसदले भने मत दिएनन् ।

निर्वाचित यादवलाई सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र स्वतन्त्र सांसदको समर्थन थियो । सत्ता गठबन्धनमै रहेका जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीले भने जनमतकी झालाई समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!