पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न लाहौर पुगेका प्रहरी अधिकारीको इमरानका समर्थकसँग झडप अहिले पनि जारी छ ।इस्लामाबाद पुलिसले इमरान खानलाई विगत केही सातादेखि पक्राउ गर्ने प्रयास गरिरहेको छ र इमरान खानका समर्थकहरूले प्रहरीको लगातार विरोध गरिरहेका छन् ।

पछिल्ला केही घण्टामा प्रहरी र इमरान खानका समर्थकबीच झडप बढ्दै गएको देखिन्छ ।पिटिआई नेता मुराद सईदले बुधवार बिहान प्रहरीले एक पटक पुनः लाहौरको प्रतिष्ठित इलाकामा रहेको इमरान खानको जमन पार्क आसातर्फ अघि बढ्न सुरु गरेको दाबी गरेका छन् ।

यसअघि इमरान खानले आफ्ना समर्थकहरूलाई भनेका छन्, ‘मैले १८ मार्चमा अदालतमा उपस्थित हुने लिखित आश्वासन दिएको छु । यो आश्वासन पत्रमा मेरो हस्ताक्षर छ । यस्तो अवस्थामा मलाई पक्राउ गर्ने प्रयासको कुनै आधार छैन ।’

इमरान खानले लाहोर हाई कोर्टको बार एसोसिएसनका अध्यक्ष इश्तियाक–ए–खानलाई स्योरिटी बन्ड दिएको र यसलाई उनले अदालतमा पेस गर्ने बताएका छन् ।उनले भने, ‘मैले अराजकताबाट जोगिनका लागि स्योरिटी बन्डमा हस्ताक्षर गरेको छु । यस्तोमा अब मेरो गिरफ्तारीको कुनै आधार छैन । उनीहरू लन्डन प्लानलाई लागू गर्न जुनसुकै अवैध कदम उठाउनका लागि तयार छन् । ’

लन्डन प्लानको उनको आशय पिएएल–एन प्रमुख नवाज सरिफतर्फ थियो । उनको दाबी अनुसार पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको आदेशमा उनी विरुद्ध षड्यन्त्र रचिएको हो ।बीबीसी संवाददाता फरहत जावेदसँग कुरा गर्दै इमरान खानले आफू जेल जान तयार रहेको बताएका छन् । यसका साथै, जमान पार्कमा प्रहरीको कारबाही सुरक्षा निकायको सहमतिबिना सम्भव नभएको उनको आरोप छ ।यसैबीच, पाकिस्तान सरकारले इमरान खानको आरोपलाई अस्वीकार गर्दै पूर्व प्रधानमन्त्रीले अदालतमा उपस्थित हुनबाट बच्न हिंसा भड्काइरहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!