हिपमत डटकम

बुधबार, चैत्र ०१, २०७९ || 20742  पटक पढिएको

बिराटनगर, चैत १ गते । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरी पक्राउ गरेको छ ।

हिजो बेलुका झापाको दमक नगरपालिका-१ स्थितमा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक -७ का २३ बर्षीय रविन कटुवाल र उनको श्रीमती २१ बर्षीया अनिता बि.क.लाई ६ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

सोही दिन मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को. २७ प ८८९५ नम्बरको मोटरसाईकलको ट्याङकी मुनि लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ७८ मिलि ग्राम ब्राउन सुगर फेला पारे सगै मोटरसाईकलमा सवार रहेका धरान-८ का ३० बर्षीय जंगमनी मगर र धरान- ७ का २७ बर्षीय बिक्रम राईलाई पक्राउ गरेको हो ।

लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!