हिपमत डटकम

सोमबार, फाल्गुण २९, २०७९ || 12785  पटक पढिएको

बिराटनगर, फागुन २९ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरेको छ ।

हिजो राती ११ बजे सुनसरीको धरान उप-महानगरपालिका-१६ नौलोबस्ती स्थितमा कालु शाहका छोरा २७ बर्षीय प्रभु शाह र २४ बर्षीय नारायण शाहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा घरको पछाडी लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी tramol50- १२ हजार २०० क्याप्सुल र spaspin- ५३० ट्याबलेट फेला पारी पक्राउ गरेको हो ।

प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!