उधोग वाणिज्य तथा आपुुर्ति राज्यमंत्री मोती दुुगडंले कोरोना भइरस सक्रमणको त्रास देखाएर दैनिक उपभोग्यवस्तुको क्रितिम अभाव सृजना नर्गन व्यवसायीलाई आग्रह गर्नुु भएको छ ।
जिल्ला प्रसासन कार्यालय मोरङले विराटनगर आज आयोजना गरेको सर्वपक्षिय छलफल कार्यक्रमा उहाले दैनिक उपभोग्य वस्तुु खादान्न , औषधि पेट्रोलिय पदार्थ तथा खाना पकाउने ग्यासको पर्याप्त भण्डारन रहेकको वताउनुुभयो ।
वाहिरवाट आउने सवै वस्तुहरुको सरकारले आयात वढाएको र कुुनैपनि संकट आइपरेर सरकारको सवै सयन्त्र तयारी अवस्थामा रहेको भन्दै उपभोक्ताहरुलाई चाहिने भन्दा वढि भण्डारन नर्गन उहाले आग्रह गर्नुुभयो
उहाले ६ महिना संम्म पुुग्ने दाल चामल नुुन लगायतका उपभोग्य वस्तुको क्षमता रहेको र त्यतिकै मात्रामा वस्तुुहरु आयात भइरहेकाले डाराउनुुपर्ने आवश्यकता नभएको उल्लेख गर्नुुभयो ।
कार्यक्रममा वोल्दै प्रदेस न १ का उधोग, पर्यटन, वन तथा वातावरण राज्यमंत्री विजयकुुमार विश्वासले कोरोन भाइरसको सक्रमण रोकथामका लागी तिनैतहको सरकासंग समन्वयगरि प्रदेस सरकारले उच्च शतर्कता अपनाएको वताउनुुभयो ।
कार्यक्रमा नेपाल आयाल निगम १ न प्रादेसिक कार्यालयका निमित्त प्रमुुख चितरन्जन दासले कार्यालयसंग एक हप्तालाई पुुग्ने पेट्रोलियम पर्दाथ र खाना पकाउने एलपी ग्यासको स्टोक रहेको वताउनुुभयोे । कार्यालय संग ३ सय किलोलिटर पेट्रोल, ८ सय किलोलिटर डिजेल तथा २० किलोलिटर मटितेल तथा ग्यास वुुलेटहरु स्टक रहेको प्रष्ट पार्नुुभयो ।
साल्ड ट्रेडिङ कार्यालय विराटनगरका प्रमुुख राधेश्याम चौधरीले ३ लाख ३३ हजार वोरा नुुन तथा २ लाख ७५ हजार वोरा रसायनिक मल तथा साढे चारसय वोरा चिनि कार्यालय संग मौजाद स्टक रहेको वताउनुुभयो ।
कार्यक्रममा कोशी अस्पतालका मेडिकल सुुपरिटेन्डेन डा संगित मिश्राले कोरोना भाइरस रोकथामका लागी आज देखी अस्पतालले छुुटै फिवर क्लिनिक संचालनमा ल्याएको र भोलीदेखि तिनवटा आइसोलेसन वेड संचालनाम ल्याउने तयारी भइरहेको जानकारी दिनुुभयो ।
औषधि व्यवस्था विभाग विराटनगरका प्रमुुख सविन कटेलले रुघा , खोकी तथा ज्वरोमा प्रयोग हुुने २६ प्रकारका औषधि उत्तपादनका लागी पर्याप्त कच्चा पर्दाथ स्टक रहेकाले औषधिको अभाव नहुुने दावी गर्नुुभयो ।
मोरङका प्रमुुख जिल्ला अधिकारी मदन भुुजेलले दैनिक उपभोग्य वस्तुको पर्याप्त स्टक रहेकाले कालावजारी नियन्त्रण एंव नियम्वनका लागी प्रभावकारी वजार अनुुगमन थालिने वताउनुुभयो ।
कार्यक्रमा विराटनगर महानगरपालिकाका प्रमुुख प्रसासकिय अधिकृत एकदेव अधिकारीले कोरोना भाइरस सक्रमण हुुन नदिन महानगपालिका रानी सिमानाका तथा विराटनगर विमानस्थलमा स्वास्थ्य चेकजाचका लागी हेल्प डेस्क स्थापना गरेर संचेतनाका कार्यक्रम संचालन गरिरहेको उल्लेख गर्नुुभयो ।
वाणिज्य कार्यालय विराटनगर प्रमुुख हिमालय वराल, मोरङ व्यपारसंघका अध्यक्ष प्रकास मुुदडा, तथा व्यापारसंघका पुुर्व अध्यक्ष पवन सारडाले व्यापारीहरुले नभई उपभोक्ताहरुले कोरोनाको सन्त्रासका कारण चाहिने भन्दा वढि स्टक उपभोग्य वस्तु स्टकका कारण वजारमा उपभोग्य वस्तुको अभाव देखिएको वताउनुुभयो । यस्तो अवस्थामा आफुुहरुसग रहेको उपभोग्य वस्तु सहज रुपले उपभोक्तालाई उपलव्ध गराउन उधोगी व्यवसायी जिम्मेवार पुुर्वक लागेको व्यापारसंघका अध्यक्ष मुुदडाले वताउनुुभयो ।
उपभोक्तावादी अभियान्ता कृष्णप्रसाद भण्डारी मार्सेली, पव्लिक फोरमका अध्यक्ष उत्तम ढुुंगेल, ग्यास उपभोक्ता विक्रि संघका अध्यक्ष सरलराज पोखरेल तथा उपभोक्तावादी संस्थाका महेश लोहनीले उपभोग्य वस्तु सहज वनाउन दिगो र भरपर्दो आपुुर्ति हुुनुुपर्नेमा जोड दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!