सोमबार, चैत्र ०३, २०७६ || 822  पटक पढिएको

विश्वभर फैलिरहेको कोभिड–१९ का बारेमा सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना हुने गरी प्रचारप्रसार नगर्न आग्रह गरिएको छ । आज यहाँ डिपिनेट नेपाल (विपदपूर्व तयारी सञ्जाल)ले आयोजना गरेको कोभिड–१९ छलफल कार्यक्रममा सहभागीले विभिन्न सामाजिक सञ्जालमार्फत जनमानसमा भ्रम सिर्जना गर्ने गरी प्रचार नर्गन अनुरोध गरिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष सूर्यबहादुर थापाले कोभिड–१९ नेपाल भित्रन नदिन समस्या परिहाल्दा यसका बारेमा सरकारले चालेको कदम स्वागतयोग्य रहेको बताउनुभयो । अध्यक्ष थापाले पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेको भन्दै सरकारले त्यसको नियमित अनुगमन गरी दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । विभिन्न गैह्रसरकारी संस्थामार्फत नेपाल सरकारको आधिकारिक निकायबाट कोराना भाइरसको रोकथामका लागि भएका प्रयास बारेमा सबैमा जानकारी गराउने बताइएको छ । बजारमा देखिएको कालोबजारी, कृत्रिम अभाव र गुणस्तरहीन तथा फरक मूल्यभन्दा बढीमा सामान बिक्री भएको सूचना पाएमा तत्काल सरकारी निकायमा जानकारी गराउने जस्ता कार्य गर्ने विषयमा निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!