
काठमाडौं,२५ फागुन। रुपन्देही, सिद्धार्थनगर नगरपालिका(१ बसपार्कबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ केजी ५ सय ग्रामसहित बागलुङ मिस्ती बस्ने ३६ वर्षीया लालसरा घर्ती मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

त्सैगरी झापा, मेचीनगर नगरपालिका(६ मेचीपुलबाट अवैध लागूऔषध हेरोईन जस्तो देखिने खैरो पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही नगरपालिका(१० धुलाबारी बस्ने २४ वर्षीय खातिबुल महमदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्सैगरी चितवन, माडी नगरपालिका(५ दराई चोकबाट अवैध लागूऔषध गाँजा ८ सय ९० ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीया झमकिलया दराईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले दराईलाई उनकै घरबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
त्सैगरी म्याग्दी, बेनी नगरपालिका(८ डल्लेपिपलबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय १ एम्पुल र नुर्फिन २ सय एम्पुलसहित सोही नगरपालिका(९ घतान घर भएका ३२ वर्षीय प्रेम सार्कीसमेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।