हिपमत डटकम

आइतबार, फाल्गुण २१, २०७९ || 14406  पटक पढिएको

किलिएन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) का सर्वाधिक गोलकर्ता बनेका छन् ।

एमबाप्पेले क्लबका लागि कीर्तिमानी २०१ औं गोल गर्दा पीएसजीले फ्रेन्च लिग वानमा नान्ट्सलाई ४-२ ले पराजित गरेको छ । यस जितपछि पीएसजीले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा एमबाप्पेले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका हुन् । साथै उनले पीएसजीको जित पनि पक्का गरे । पीएसजीको जितमा लिओनल मेसी र डानिलोले पनि एक एक गोल गरे । नान्ट्सका हाडजमले एक आत्मघाट्टी गोल गरे ।

नान्ट्सका लागि लुडोभिच ग्लास र इग्नाटिउस गांगोले एक एक गोल गरे । एमबाप्पेले एडिनसन कभानीको नाममा रहेको २०० गोलको कीर्तिमान तोडेका हुन् । २४ वर्ष लागेका फरवार्ड एमबाप्पेले आफूलाई फुटबलको नयाँ सुपर स्टारको रुपमा स्थापित गरिरहेका छन् । दुई पटक विश्वकप फाइनल खेलिसकेका एमबाप्पेले २०१८ मा विश्वकप जितेका थिए भने २०२२ मा गोल्डेन बुट जितेका थिए ।

उनले फ्रान्सका लागि २०२१ मा नेसन्स लिगको उपाधि समेत जितेका छन् । सन् २०१७ मा मोनाको बाट पीएसजी पुगेका एमबाप्पेले चार लिग वान उपाधि जितिसकेका छन् भने पछिल्ला चार सिजनमा सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।

यस सिजन एमबाप्पेले ३० गोल गर्नुका साथै ८ असिस्ट समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!