हिपमत डटकम

शनिबार, फाल्गुण २०, २०७९ || 814  पटक पढिएको

बिराटनगर। गोल्डेन हस्पिटल बिराटनगर,पिस नेपाल फाउन्डेसन र शिशु सेवा समितिको वार्षिकउत्सवको उपलक्षमा निशुल्क स्वाश्थ्य शिविर आयोजना गरेको छ।

शिशु सेवा समितिको वार्षिकउत्सव एवं संस्थापक शान्ता पोख्रेलज्युको स्मृति दिवशका अवसरमा गोल्डेन हस्पिटल बिराटनगर,पिस नेपाल फाउन्डेसन र शिशु सेवा समितिको संयुक्त आयोजनामा आयोजित महिला तथा बालबालिकाका लागि निशुल्क १ दिने स्वाश्थ्य शिविर कार्यक्रम भएको हो।

स्त्री तथा प्रसुति रोग बिषेसज्ञ डा अन्जली रसाइली, मेडिकल अधिकृत कोमल गुप्ता,वरिष्ठ बालरोग बिषेसज्ञ डा सतिश यादव, शिशु सेवा समितिका अध्यक्ष कविराज नेउपाने सचिब पदमा रिजाल,पिस नेपाल फाउन्डेसनका अध्यक्ष स्मृति पोखरेल तथा गोल्डेन हस्पिटल अस्पताल प्रबन्धक सुधिर सिंह राठौर लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

शिविर बिराटनगरको वडा न ५ स्थित रहेको सिद्दकाली आधारभूत बिद्यालय दामाबंदीमा आयोजना गरेको थियो शिविरमा १२१ जना महिला र ८१ जना बालबालिका गरि २०० भन्दा बढी स्थानीयले निशुल्क औसधि वितरण तथा चेक जांचको लाभ उठाएको गोल्डेन हस्पिटलका अस्पताल प्रबन्धक सुधिर सिंह राठौरले जानकारी दिए। उनले भने : हामि निरन्तर सेवा क्षेत्रमा लागिपरेका छौ जहा स्वाश्थ्यको कमि र ग्यान नपुगेको स्थानहरुलाई प्राथमिकतामा राखी हाम्रो गोल्डेन हस्पिटलको टिम लिइ हामि सेवा दिन अघि बढिरहेका छौ तसर्थ यो सेवालाइ निरन्तर दिइ रहने पनि प्रतिबद्दता ब्यक्त गरे।

गोल्डेन हस्पिटल बिराटनगर बिगत लामो समय देखि पहुच नपुगेका जिल्लाहरुमा पुगी निरन्तर निशुल्क स्वाश्थ्य शिविरसेवालाइ प्राथमिकतामा राखी स्वाश्थ्य शिविर गर्दै आइरहेको छ यस अघि पनि हस्पिटलका टिम सप्तरी जिल्ला पुगी निशुल्क औषधि वितरण देखि चेक जांच समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!