हिपमत डटकम

बिहिबार, फाल्गुण १८, २०७९ || 4758  पटक पढिएको

झापा, फाल्गुन १८ गते । झापाको कनकाई नगरपालिका-३ र बिर्तामोड नगरपालिका-४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा शिवसताक्षी नगरपालिका-८ का २६ बर्षीय मदन बिश्वकर्मा र कनकाई नगरपालिका-४ का ४१ बर्षीय बासुदेव भेटवाललाई २ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ स्थितमा संकास्पद अवस्थामा बसीरहेका राजबिराज नगरपालिका-७ सप्तरीका ३५ बर्षीय मो. नसिम र सखुवानकरकट्टी गाउँपालिका-२ सिरहाका २० बर्षीय शिवशंकर यादबलाई चेक जाँच गर्दा उनिहरुको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागु औषध ब्राउन सुगर बरामद भए संगै उनिहरुले प्रयोग गरेको स.६ प ५६११ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!