
विराटनगर। माेरङकाे सुनवर्षी नगरपालिका १ स्थित काँटा मेला नजिकैमा रहेको पाेखरी छेउमा १५ बर्ष का युवाकाे शव खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेकाे छ ।

गान्धी आश्रम माध्यमिक बिधालयमा कक्षा ८ मा पढ्दै गरेका दिल वहादुर माझीका १५ वर्षिय छाेरा विशाल माझी मृत अवस्थामा फेला परेका हुन् । फाल्गुन ११ गते विशाल घर वाट हराएकाे र उनको खाेजीकार्यका लागि ईलाका प्रहरी कार्यलयमा जाहेरी दिए पछि प्रहरीकाे गाेप्य सुचना काे आधारमा १६ गते साेहि स्थान बस्ने बर्ष ३५ का विरेन्द्र पासवान र उनको श्रीमती डल्लस पासवानलाई नियन्त्रणमा लिएपछि साेहि दिन आफुहरुले हत्या गरेर गाडेकाे स्वईकार गरेपछि लास गाडीको स्थान सम्म उनिहरु मार्फत प्रहरी पुग्न सफल भएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक शैलेश न्याैपानेले बताए ।
विशालकाे धारीलाे हत्यारले घाँटी रटेर काटेकाे र शरीर भरी खुकुरीले प्रहार समेत गरेको प्रहरीले जनाएको छ । उनिहरुलाई ज्यान मार्ने कसुर अभियाेगमा मुद्दा दर्ता गर्नुको साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेकाे छ।