हिपमत डटकम

बुधबार, फाल्गुण १७, २०७९ || 113558  पटक पढिएको

बिराटनगर। ८२ प्रदेश सभा सदस्यको मत सहित साबिक प्रदेश एकको नाम कोशी प्रदेश दुई तिहाई मतका साथ पारित भएको छ। कोशी प्रदेशको बिपक्षमा ४ प्रदेस सभा सदस्यहरुले आफ्नो मत जाहेर गरेका थिए। बिपक्षमा मत जाहेर गर्ने चारैजना प्रदेश सभा सदस्य नेकपा एकीकृत समाजवादीका हुन्।

यसअघि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता पुर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रस्ताव गरेको किराँत–लिम्बूवान–सगरमाथा प्रदेश स्वतः अस्वीकृत भएको थियो । कोशी प्रदेश बुहमतले पारित भएसँगै सभामुखले अन्य प्रस्ताव खारेज भएको घोषणा गरेका थिए ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई आफु मुख्यमात्री हुँदा पनि पहिचान सहितको नाम राख्ने अडान लिएका थिए अहिले उनि राई र उनको पार्टीको अडान कायमै छ। कोशी प्रदेशको बिपक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई ,कमल प्रसाद जवेगु,बिध्या चाम्लिङ्ग र खिनु लिम्बु हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!