
ललितपुर, १५ फागुन। बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी संचालन गरी बस्दै आएका उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजान गरी साथी बनाई काठमाडौं बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरुमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका(२२ वुंगमतीबाट पक्राउ गरेको हो ।
उनले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरुमध्ये २ जनालाई बुङमतीस्थित निजको अपार्टमेन्टमा लगि यौन शोषण गरिसकेको तथा अन्य ४ जना बालिकाहरुलाई ठमेलस्थित होटलमा ललाईफकाई राखिएको अवस्थामा प्रहरीले ती बालिकाहरूको उद्वार गरेको छ ।