आईसीसी महिला टी–२० महिला विश्व कप क्रिकेटमा भारतलाई हराउँदै साविक विजेता अस्ट्रेलिया फाइनलमा पुगेको छ । भारतलाई ५ रनले हराउँदै अस्ट्रेलिया दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला विश्व कपको फाइनलमा पुगेको हो ।

केपटाउनमा अस्ट्रेलियाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो । भारतका लागि कप्तान हरमनप्रित कौरले सर्वाधिक ५२ रन बनाइन् । यस्तै जेमिमा राेड्रिग्सले ४३ रन बनाइन् । अस्ट्रेलियाकी ड्रासिक ब्राउन र अश्लिग ग्राडनिरले २/२ विकेट लिइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । अस्ट्रेलियाका लागि बेथ मुन्नीले ५४ रन बनाइन् । यस्तै कप्तान मिन ल्यानिङ ४९ रनमा नटआउट रहिन् । भारतकी शिखा पाण्डेले २ तथा राधा यादव र दिप्ती शर्माले १/१ विकेट लिइन् ।

अस्ट्रेलियाले उपाधिका लागि आइतवार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा आज आयोजक दक्षिण अफ्रिका र इङ्ग्ल्यान्ड खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!