हिपमत डटकम

शुक्रबार, फाल्गुण १२, २०७९ || 584  पटक पढिएको

स्पेनका लागि सर्वाधिक खेल खेलेका पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । ३६ वर्षीय रामोसले बिहीबार सामाजिक सन्जालमा वक्तव्य सार्वजनिक गर्दै सन्यासको घोषणा गरेका हुन् ।

हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्दै आएका डिफेन्डर रामोसले स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका छन् । जसमा उनले २३ गोल समेत गरेका छन् ।

रामोसले स्पेनका लागि एक विश्वकप र दुई युरोकप समेत जितेका छन् । सन् २००८ र २०१२ को युरो तथा २०१० को विश्वकप जित्दा स्पेनी टिममा रहेका रामोस पछिल्लो पटक कतारमा भएको विश्वकपमा भने टोलीमा अटाएनन् ।

रामोसले सन्यासका लागि अब समय आएको बताएका छन् । स्पेनका प्रशिक्षक डे ला पुएन्टेले सम्पर्क गरेर आफ्नो योजनामा नरहेको बताएपछि रामोसले सन्यास लिने निर्णयमा पुगेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!