हिपमत डटकम

सोमबार, फाल्गुण ०८, २०७९ || 725  पटक पढिएको

काठमाडौँ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्केका न्यूनतम तीन हजार जनालाई लक्षित गरेर पुनः एकीकरणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७९ जारी भएसँगै चालू आर्थिक वर्षबाट कार्यक्रम सुरु गर्ने गरी तयारी गरेको हो ।

बोर्डका सूचना अधिकारी मैयाँ कँडेलले पहिलो वर्ष वैदेशिक रोजगारबाट फर्किएका तीन हजार युवालाई लक्षित गरी ‘पाइलट प्रोजेक्ट’का रूपमा पुनः एकीकरणका कार्यक्रम सञ्चालनका लागि तयारी गरेको जानकारी दिए । उक्त कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा बढी गएका १५६ वटा स्थानीय पालिकालाई कार्यक्रमको प्रस्ताव पठाइएकोमा अधिकांशबाट आइसकेको पनि उनले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्षमा १५ करोड रुपियाँ विनियोजन गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!