शुक्रबार, मंसिर २०, २०७६ || 1298  पटक पढिएको

हिपमत डटकम
झापा ,मंसिर २०
झापाको बिर्तामोड नगरपालिका-५ स्थित पूर्व पश्चिम राजमार्गबाट ३ जना लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन। बिहिवार साँझ ७ बजे ईलाका प्रहरी कार्यालय अनारमनिबाट गस्तीमा खटिएको प्रहरी टोलीले १ युवती सहित ३ जनालाई १२ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिर्तामोड बस्ने २१ बर्षीय राजकुमार राजवंशी, ईलाम घर भएका १९ बर्षीय समिर महत र काठमाण्डौ सिनामंगलकी १८ बर्षीया पुजा शंकर रहेकी छिन । मे १ ह २४३० नम्वरको अटोरिक्सामा सवार गरी आएका तिनै जनालाई चेकजाँच गर्ने क्रममा सोही अटोका चालक समेत रहेका राजकुमार राजवंशीको साथबाट १२ ग्राम ब्राउनसुगर, १० पिस treedol ट्याब्लेट, नगद ५९ हजार ६ सय रुपैयाँ र पुजाको साथबाट ७ सय मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ। पक्राउ परेका समिर महत भने उनिहरुको सहयोगी रहेको खुल्न आएको छ। नियन्त्रणमा लिईएको अटो र पक्राउ परेका तिनै जना उपर थप अनुन्सधान भईरहेको सो कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!