बीरेन्द्रकुमार साह

शनिबार, फाल्गुण ०६, २०७९ || 8433  पटक पढिएको

बिराटनगर । महाशिवरात्रिको अवसरमा मैथिली भाषाको म्युजिक भिडियो बम बम भोले सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा बिराटनगरको चर्चित डान्स ग्रुप मिस्ट्री डान्स ग्रुपमा प्रमुख ज्याक र चर्चित कोरियोग्राफर सन्जय साहको जिवन्त अभिनय देख्न सकिन्छ । मैथिली भाषाका स्टार गायक जागेश ठाकुरको स्वरमा सजिएको बम बम भोले गीतको छायांकन बिराटनगर लगायत आसपासको क्षेत्रमा गरिएको म्युजिक भिडियोका निर्देशक राजु राजदेव चौधरीले हिपमत मिडियालाई बताए ।

बम बम भोले गीतलाई धर्मेन्द्र शर्माले लेखेका हुन् भने संगित पनि शर्मा कै छ । भिडियोलाई अनिल साहले छायांकन गरेका हुन् र भिडियोलाई निरज चौधरीले सम्पादन गरेका छन् । कलाकारको श्रिङ्गार कृष्ण सुवेदीले गरेका छन्।
यसभन्दा अगाडी पनि जागेश ठाकुरले भोले बाबाको भजन बजारमा ल्याईसकेका छन्। यो म्युजिक भिडियोबाट निकै नै आशा रहेको कलाकार ज्याक्ले हिपमत मिडियालाई बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!