हिपमत डटकम

मंगलबार, फाल्गुण ०२, २०७९ || 114366  पटक पढिएको

उर्लाबारी। मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयले कर्मचारी र शिक्षक नियुक्तिका विषयमा आएका भ्रमपूर्ण समाचारका पछि नलाग्न, कर्मचारी, शिक्षक , अभिभावक र स्थानीय सरकोकारवालाहरूसँग आग्रह गरेको छ ।

प्रचलित कानुनी ब्यवस्था अनुसार नै कर्मचारी, शिक्षक नियुक्ति भएको बताउँदै परीक्षा समितिका संयाेजक चुडामणि नेपालले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक विरुद्ध आएका समाचार प्रति ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । नेपालले भन्नुभयो–२०७९ साल मङ्सिर १८ गतेको विद्यालय ब्यवस्थापन समितिको निर्णयबाट लेखापाल र ल्याव सहायक पदको विज्ञापन गरिएको हो ।आवश्यकता सम्बन्धि विज्ञापन नगरपालिका ,वडा कार्यालय र विद्यालयमा टाँस गरिएको थियो । विद्यालयकाे वेवसाइटमा समेत विज्ञापन राखिएको भए पनि आवश्यक योग्यता पुगेका निवेदन आएनन्

त्यसपछि मङ्सिर २९गते निर्णय गरी पुन विज्ञापन प्रकाशन गरियो । थप एकजना प्रशिक्षक माग गरी विज्ञापन गर्ने निर्णय भयो । सोही अनुसार लेखापाल पदको विज्ञापन पुस २ गते दाेस्राेपटक प्रकाशित भयो ।पुनः विद्यालयको वेवसाइट,वडा कार्यालय र नगरपालिकामा समेत विज्ञापन टाँस भयो ।

प्रशिक्षक पदको विज्ञापन स्थानीय राष्ट्रिय समाचारपत्र दैनिकमा पुस १५ गते प्रकाशित गरिएको थियोे ।
विद्यालय ब्यवस्थापन समितिको पुस २१ गतेको निर्णय अनुसार विद्यालयले तीन वटै पदको परीक्षा गराउन उर्लाबारी नगरपालिकासँग सहजकर्ता माग ग¥यो ।

नगरपालिकाले विद्यालयको माग अनुसार सबै पदकाे परीक्षा गराउन नगरपालिकाका शिक्षा शाखा प्रमुख अशोक घिमिरेलाई पठायो । प्रशिक्षक, ल्याव सहायक र लेखापाल पदको परीक्षा गराउन नगपालिकाले विज्ञको रुपमा पूर्वाञ्चल विश्वविद्यालयका उप प्रा.सन्नीकुमार साहलाई ताेकिदियाे ।

त्यस्तै संयोजककाे जिम्मेवारी विद्यालय ब्यवस्थापन समितिका सदस्य दीपेन्द्र थापा ताेकेर परीक्षा गराउने निर्णय भयो । सोही अनुसार प्रश्नपत्र निर्माण गरी परीक्षा सञ्चालन भयो । प्रशिक्षक पदमा एक जनाको मात्रै आवेदन परेको थियो ।

हामीले स्थानीय अखवारमा नै विज्ञापन गर्दा पनि परीक्षार्थी कोही आएनन् । सात दिनको म्यादमा कोही नआएपछि परीक्षा गराउनु को विकल्प थिएन ।यस्तै
लेखापाल पदकाे परीक्षा सञ्चालन गर्न संयोजक रुद्रप्रसाद न्यौपानेलाई तोकिएको थियो भने विषय विज्ञको रुपमा करुणेश्वर राईलाई नियुक्ति गरिएको थियो ।

उक्त पदमा पनि दुईजनाको निवेदन परेको थियो तर अर्का परीक्षार्थी परीक्षामा सामेल भएनन । कसैले फर्म भरेर पनि परीक्षामा सामेल भएनन् भने त्यसको जिम्मा विद्यालयले लिन नसक्ने विद्यालयको भनाई छ ।परीक्षा सञ्चालन प्रक्रियाका सदस्य सचिव समेत शिक्षक चुडामणि नेपालले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकका नातासम्बन्धका ब्यक्तिहरू परीक्षामा सामेल भएकोले शिक्षक छनौट समितिमा अध्यक्षको कार्यभार ब्यवस्थापन समितिका सदस्य दीपेन्द्र थापालाई र सदस्य सचिवकाे जिम्मेबारी वरिष्ठ शिक्षकको हैषियतले आफूलाई दिएको बताउनुभयो ।

विद्यालय सबैको साझा संस्था हो । राजनीति पूर्वाग्रह साँधेर समाचार आउँदा विद्यालयको भविष्य र त्यहाँ अध्ययन गर्ने विद्यार्थीको मनोविज्ञानमा असर परेको छ । बैचारिक रुपमा जो जता लागे पनि परीक्षा कानून, विधि र मर्यादा नाघेर नगराएकाे शिक्षकहरूकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!