हिपमत डटकम

शुक्रबार, माघ २७, २०७९ || 40769  पटक पढिएको

मिर्चैंया। मिर्चैंया नगरपालिकाले वर्षौदेखि नगरपालिका जाने मुख्य बाटोमा अतिक्रमण गरी व्यक्तिगत प्रयोजनका लागि बनाइएको घर टहराहरु भत्काउन शुरु गरेको छ ।

सार्वजनिक क्षेत्रलाई मिचेर घर टहरा बनाएका कारण बजार क्षेत्र नै कुरुप देखिएको तथा बाटो साघुँरो भएकाले बाटो फराकिलो बनाउन घर टहरा भत्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिका र मुख्य बजार जाने मुख्य बाटो रहेकाले बाटो सानो हुँदा यावतजावत गर्नेहरु वर्षौदेखि समस्यामा पर्दै आएका छन् ।

मेयर श्रवण यादवले सम्बन्धित व्यक्तिहरुलाई पटक पटक लिखित र मौखिक रुपमा बाटोमा बनाइएको घर टहरा भत्काउन भनिए पनि वेवास्ता गरेपछि वाध्य भएर घर टहरा भत्काउनु परेको बताउनुभयो ।

सो बाटो नक्सामा ६० फिट रहेको छ । यद्यपि जग्गा मिचेर घर बनाइदिंदा अहिले मुश्किलले विस फिट बाटो मात्र रहेको छ यद्यपि घर टहरा बनाई व्यापार व्यवसाय गरिरहेकाहरुले आफूहरुलाई थाहै नदिइ एक्कासी घर भत्काउनु नगरपालिकाले अन्याय गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!