हिपमत डटकम

बिहिबार, माघ २६, २०७९ || 4018  पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत पाएपछि कांग्रेसतिर ढल्किइरहेका छन्। कांग्रेसले विश्वासको मत दिएपछि ओलीले भनेका थिए, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन। मैले त्यति बेलै भनेको थिएँ मतदान मात्रै गरेको भए त ठीकै हो। ढोक्सा थापेको हो भने गल्ती हो। ढोक्सा बेलुका थापिन्छ, अँध्यारोमा माछा पार्न खोजिन्छ।’

ओलीले थप भनेका थिए, ‘बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फक्र्यो। सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचलो खडा गर्ने कांग्रेसको रणनीति देखिन्छ।’

यो प्रत्यन्त कांग्रेसले गरिरहेको देखिन्छ। उसले प्रदेशमा पनि माओवादीका मुख्यमन्त्री, सभामुखलाई मत दिएको छ। राष्ट्रियसभा उपाध्यक्षमा पनि माओवादी उम्मेदवार उर्मिला अर्याललाई निर्विरोध जिताएको छ। कांग्रेस माओवादीलाई फकाएर पुरानो गठबन्धन पुन स् व्युत्याउन चाहन्छ। कांग्रेस र माओवादी सम्बन्ध कतातिर जाने भन्ने विषयको निर्कोल राष्ट्रपति निर्वाचन गर्ने देखिन्छ। यो समाचार अन्नपूर्ण पोस्मा छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!