खबर ठुलो छ

कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ५९ हजार ८४४ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर छ हजार ३६ व्यक्तिको मृत्यु भएको बताइएको छ । कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा तीन हजार १९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा एक हजार ९०७ व्यक्तिको मृत्यु भएको छ । शनिबार पाँच हजार ७५३ जनामा सङ्क्रमण पुष्टि भएकोमा यो सङ्ख्या आइतबार साँझसम्म सात हजार ७५३ पुगेको इटलीका अधिकारीहरूले जनाएका छन् । शनिबारदेखि आइतबारसम्म २४ घण्टाको अन्तरालमा स्पेनमा १०५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको त्यहाँका अधिकारीले पुष्टि गरेका छन् । यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २८८ पुगेको छ । स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजकी पत्नी वेगोना गोमेजलाई पनि सङ्क्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री र उहाँकी पत्नी गोमोज सरकारी निवासमा आइसोलेसनमा रहेर उपचार गराईरहेको बताइएको छ । प्रधानमन्त्री साञ्चेजले स्पेनलाई ‘लकडाउन’ गर्ने बताएको केही समयपछि नै वेगोनालाई पनि सङ्क्रमणको पुष्टि भएको प्रधानमनत्रीको कार्यालयले जानकारी गराएको छ

आइतबार, चैत्र ०२, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया