हिपमत डटकम

बुधबार, माघ २५, २०७९ || 8869  पटक पढिएको

रंगेली। १ नं प्रदेश प्रहरी श्रीमती संघ ले रंगेली नगरपालिका ९ स्थित फर्साडाँगी मा रहेको पार्वती माध्यमिक बिधालय मा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर काे आयोजना गरेको थियोे ।

उक्त शिविरमा दर्वेशा, दाेहमना,सखुवाथान, लगायतका बृद्ध, महिला, बालबालिका हरु ले स्वास्थ्य चेकजाँच गराएका थिए । १ नम्वर प्रदेश प्रहरी श्रीमती संघ र रंगेली नगरपालिका को संयुक्त आयोजना तथा बिराट नर्सिङ होम प्राईभेट लिमिटेड काे सहकार्यमा आँखा ,दाँत, प्रसुति सेवा, छाला राेग हरु काे उपचार गर्नुका साथै प्रेसर ,सुगर , काे समेत चेकजाँच गरिएको थियोे । कार्याक्रमकाे प्रमुख अतिथी नगर प्रमुख दिलीप बगडिया, उप-प्रमुख भुमा पराजुली, १ नं प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष सिता ज्ञावली ,जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेल, ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक शैलेश न्याैपाने विभिन्न वडा का वडा अध्यक्ष , लगायत काे
समेत उपस्थिति रहेको थियोे ।

शिविरमा ३ सय जना ले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा बिराट नर्सिङ अस्पताल का डाक्टर हरुले सेवा दिएका थिए ।
Write to हिपमत ताजा अपडेट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!