हिपमत डटकम

सोमबार, माघ २३, २०७९ || 2232  पटक पढिएको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सातदलीय गठबन्धनको प्रचण्ड सरकारबाट डेढ महिना नपुग्दै बाहिरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकको निर्णयपछि पत्रकार सम्मेलन गरेर सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राखेर सरकारबाट बाहिरिएको घोषणा गरे । रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारमा धक्का पुगेको छ ।

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले सांसद र मन्त्री पद नरहने निर्णय गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः नागरिकता प्रमाणपत्र लिएर गृहकै दौडमा लागेका थिए । उनले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुक्रबार नै बैठक बसेर सरकार छाड्ने चेतावनी दिए पनि प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि दुई दिन पर्खने निर्णय गरेको थियो ।

गैरसांसदलाई पुनः मन्त्री दिन नसकिने तर्कसहित नेकपा माओवादीले गृह मन्त्रालय आफैंले राख्ने बताएसँगै लामिछाने गृह मन्त्रालयकै लागि भौँतारिँदै नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेट्न पटकपटक पुगेका थिए । यो समाचार नेपालसमाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!