हिपमत डटकम

सोमबार, माघ २३, २०७९ || 439  पटक पढिएको

 राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल निर्विरोध हुनुहुने भएको छ। उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र प्रस्ताव दर्ता भएको छ। कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष चयनको प्रक्रिया अघि बढाइएको हो। अर्याललाई सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा (एमाले)लगायतका दलहरूको समर्थन छ।

उपाध्यक्ष चयनको औपचारिक प्रक्रिया सोमबारको राष्ट्रिय सभा बैठकले अघि बढाउने छ। प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावको छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा बैठकमा गरिनेछ।

अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा हुनुहुन्छ। हाल ५८ सदस्यीय राष्ट्रिय सभामा प्रस्तावक र समर्थक दलको स्पष्ट बहुमत छ। एमालेका तर्फबाट निर्वाचित खिमलाल भट्टराईको स्थानमा निर्वाचन प्रक्रिया अघि बढिसकेको छ। माघ २५ गते उक्त स्थानमा निर्वाचन हुँदैछ। माओवादी केन्द्रका १५ र एमालेका १५ सदस्य छन्। यस्तै सभामा  कांग्रेसका १०, एकीकृत समाजवादीका आठ, जनता समाजवादीका तीन, लोकतान्त्रिक समाजवादीका एक, स्वतन्त्र सदस्य एक, राष्ट्रिय जनमोर्चाका एक र मनोनीत तीन सदस्य छन्।

तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि लामो समयदेखि उपाध्यक्षको स्थान रिक्त थियो। २०७८ फागुन २० गतेदेखि उपाध्यक्ष पद रिक्त छ। राजनीतिक दलबीचमा समझदारी नबन्दा निर्वाचन प्रक्रिया अघि बढेको थिएन।

२०२६ सालदेखि राजनीतिमा लाग्नुभएकी अर्यालले अनेरास्ववियुबाट यात्रा सुरु गर्नुभएको थियो। २०३५ सालदेखि उहाँ पार्टी राजनीतिमा सक्रिय हुनुभएको थियो। उहाँ २०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु उपसभापति निर्वाचित हुनुभएको थियो भने २०४६ सालपछि एमालेको राजनीतिमा सक्रिय हुनुभएको थियो। २०६५ सालदेखि उहाँ एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। उहाँले २०६३ मा एमालेबाटै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बन्नुभएको थियो। २०६७ मा स्थानीय विकासमन्त्री हुनुभएकी अर्याल एमालेमा स्कुल विभाग र कृषि विभागको जिम्मेवारीमा समेत हुनुहुन्थ्यो। २०७० जेठमा उहाँ तत्कालीन एकीकृत माओवादीमा प्रवेश गर्नुभएको थियो। माओवादीमा हाल उहाँ स्थायी कमिटी सदस्य हुनुहुन्छ । उहाँ २०७८ मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!