हिपमत डटकम

आइतबार, माघ २२, २०७९ || 16526  पटक पढिएको

विराटनगर÷ विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले सहकारीलाई बलियो बनाउन एकीकरण (मर्च)मा जानुपर्नेमा जोड दिएका छन् । विराटनगर महानगरपालिकाको कृषि तथा सहकारी शाखाले आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दैै मेयर कोइरालाले सहकारीहरुबीच एकीकरण गरेर सञ्चालन गर्नु जरुरी रहेको औंल्याए ।

विराटनगरमा सञ्चालित केहीबाहेक अधिकांश सहकारीको आर्थिक अवस्था कमजोर रहेको मेयर कोइरालाको भाइ थियो । “सकिन्छ भने मर्चमा गएर व्यवस्थित गरौं,” उनले भने, “यदि मर्चमा नजाने हो भने व्यवस्थित र पारदर्शी रुपमा चलाउनुप¥यो ।” त्यस्तै सहकारीको भावना र मर्म विपरीत सञ्चालन गरिँदा सहकारी क्षेत्रमा समस्या सिर्जना भएको मेयर कोइरालाको भनाइ थियो । उनले सहकारीले गरिबी निवारणमा महत्वपूर्ण भूमिका हुने गरेको समेत चर्चा गरे ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले विराटनगरको सहकारीहरुको अवस्था दयनीय भएको बताइन् । उनले महानगरको न्यायिक समितिमा हरेक दिन ५ वटाभन्दा बढी उजुरी आउने गरेको समेत सुनाइन् । उनले भनिन्, “विराटनगरमा सहकारीको अवस्था दयनीय छ । हामी अनुगमनमा जाँदा खातापाता नै व्यवस्थित नभएको पाउने गरेका छौं ।” महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारीका सवालमा महानगर कठोर भएर प्रस्तुत हुने जानकारी दिइन् । अन्तरक्रियामा सहकारी क्षेत्रका व्यक्तिहरुले सहकारीहरुको अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । महानगरभित्र कृषि, बहुद्देश्यीयसहित विभिन्न विषयगत १९२ वटा सहकारी सञ्चालनमा रहेको कृषि तथा सहकारी शाखाकी प्रमुख पृथ्वी बस्नेतले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!