हिपमत डटकम

आइतबार, माघ २२, २०७९ || 4011  पटक पढिएको

विराटनगर÷ हात्तीपाइले रोगको आमऔषधि सेवनलाई प्रभावकारी बनाउन विराटनगर महानगरपालिकाले विभिन्न निकायका व्यक्तिहरुसित छलफल गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले आइतबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले हात्तीपाइले रोगको औषधि सेवन विगतमा प्रभावकारी नभएको बताएका थिए ।

महानगरका मेयर नागेश कोइराला, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवलगायतको उपस्थितिमा भएको छलफलमा औषधि सेवनलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्नेमा जोड दिइएको थियो । ८० प्रतिशतभन्दा बढीले औषधि सेवन गरेपछि मात्रै अभियान सफल भएको मानिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए ।

कार्यक्रममा गैरसरकारी संस्था, नोवेल अस्पताल, नर्सिङहोम, निजी अस्पताल, प्याब्सन, एनप्याब्सन, हिसानलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आगामी फागुन ११ गतेदेखि सुरु हुने अभियानमा १ सय स्वास्थ्यकर्मीसहित १४८ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुले १९ वटै वडामा पुगेर हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको छ । औषधि सेवन प्रभावकारी नभएकै कारण १२ औं पटक अभियान सञ्चालन हुन लागेको महानगरका स्वास्थ्य अधिकृत रमेश क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!