खबर ठुलो छ

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सङ्गठन कमिटी प्युठानले तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरेको छ । गत फागुन २८ गतेदेखि ‘समृद्ध नेपाल सुखी नेपालीको आधार, सुदृढ पार्टी सुशासन र लोकप्रिय सरकार’ भन्ने नारा लिई अभियान सञ्चालन गरिएको हो । अभियानका क्रममा जनभेला, प्रशिक्षण, स्कुलिङलगायतका कार्यक्रम जनतासम्म पु¥याइने जिल्ला पार्टी सङ्गठन कमिटी सचिव कृष्ण अधिकारीले जानकारी दिनुभयो । पार्टी सङ्गठन कमिटीले पहिलो चरणमा प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, मल्लरानी, झिमरुक, गौमुखी, नौबहिनी, माण्डवी र ऐरावतीमा स्थानीय तहस्तरीय पूर्ण बैठक सम्पन्न गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार सरुमारानी गाउँपालिकामा केही दिनमा बैठक हुनेछ । बैठकमार्फत वडा कमिटीको बैठकको मिति छनोट, कार्यक्षेत्र विभाजन, सङ्गठनलाई बलियो, सुदृढ र बलियो बनाउन कार्ययोजना निर्माण र स्थानीय तह सङ्गठन कमिटीले गरेका कामका बारेमा प्रचारप्रसार गर्न सूचना डेक्ससमेत तय गरिएको सचिव अधिकारीले बताउनुभयो । जिल्ला कमिटीले यही चैत १० गतेसम्म युवा, जनवर्गीय सङ्गठनको एकीकरण प्रक्रिया टुङ्ग्याने, चैत १७ गतेसम्म ६४ वटै वडा कमिटीको बैठक सम्पन्न गर्ने र चैत २० गतेसम्म पार्टी सदस्यता नवीकरणको काम सकाउने योजनाका साथ अगाडि बढेको उहाँले बताउनुभयो । त्यस्तै अभियानका क्रममा नेता कार्यकर्ता जनताको सम्बन्ध सुदृढ गर्न, सरकारले गरेका कामहरु जनतासम्म पु¥याउने, पार्टी एकताको महत्व र आवश्यकताबारे कार्यकर्तालाई स्पष्ट पार्ने, शहीद, बेपत्ता, घाइते, अपाङ्ग परिवारसँग अन्तरक्रिया गरिने उहाँले बताउनुभयो । यसै अवधिमा जनवर्गीय मोर्चाहरुको सदस्यता वितरण, कमिटी गठन, पार्टी प्रवेश, स्थानीय तहस्तरीय कार्यदल गठनलगायतका काम हुनेसमेत उहाँले जानकारी दिनुभयो । साथै जेठ महिनासम्म नौवटै स्थानीय तहमा सभाको आयोजना गर्ने र असारमा जिल्लास्तरीय भेलासमेत गरिने बताइएको छ ।

आइतबार, चैत्र ०२, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया