हिपमत डटकम

शनिबार, माघ २१, २०७९ || 26668  पटक पढिएको

विराटनगर । रक म्यूजिकमा २० बर्ष समय खर्चिएकी अभया सुब्बा र उनको ब्याण्ड ‘दि स्टिम इन्जिन’ ले शनिबार सीएनआई कोसी एक्स्पोमा धमाकेदार प्रस्तुति दिने भएको छ । एक्स्पोको सन्ध्याकालिन सांगीतिक यात्रालाई ऐतिहाँसिक बनाउने उदेश्यका साथ नेपाल उद्योग परिसंघ प्रदेश १ ले उत्कृष्ट गीत संगीतको माहौल बनाइरहेको छ । अभयाले पनि विराटनगरमा शनिबार त्यहि माहौल बनाउँदैछिन् ।

उनले यसअघि नै भिडियो सन्देशबाट शनिबारको साँझ विराटनगरलाई ‘रकिङ’ बनाउने भनिसकेकी छन् । उनले गाएका तिम्रो लागि, लैजाउ मलाई र आज किन जस्ता गीत रक तथा पप म्यूजिक रुचाउने स्रोत तथा दर्शकका लागि अत्यन्तै लोकप्रिय रहेका छन् । अभयाको स्वर र सुरले वेष्टर्न रकको राम्रो स्वाद दिंदै आएको छ । त्यसमाथि उनले लिम्बु जातीको ख्यालीलाई मिसाउँदै गीत गाउँदा उनका समर्थकहरु मन्त्रमुग्ध हुने गरेका छन् । उनका धेरै गीतले युट्युबमा पनि सयौं मिलियन भ्यूज पाएका छन् ।

विराटनगर–२ शंकरपुर मार्गमा जारी रहेको सीएनआई एक्स्पोमा हरेक साँझ उत्कृष्ट गायक र ब्याण्डहरुले प्रस्तुति दिनेछन् । शनिबार नै स्थानीय ब्याण्डका रुपमा ‘डिल्ली फम्बो एण्ड दि ब्याण्ड’ ले पनि धेरै गीतहरु स्टेजमा प्रस्तुत गर्दैछ । गीत संगीत बाहेक डान्स ग्रुपहरुको प्रस्तुति पनि नियमित नै रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!