हिपमत डटकम

शुक्रबार, माघ २०, २०७९ || 19519  पटक पढिएको

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणीधाम र चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जोड्ने झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पनि त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जाने पर्यटकहरुले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै पनि हटेको छैन ।

त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्नका लागि दुई वर्षमा निर्माण सक्नेगरी २०७० सालको असार ३० गते सम्झौता गरिए पनि नौ वर्षपछि यसै वर्ष झोलुङ्गेपुलको निर्माण सम्पन्न भएको हो । पुल बने पनि चितवनतर्फको निकुञ्जको जङ्गलमा करिब एक हजार सात सय मिटर लामो ट्र्याक खुल्न नसक्दा वाल्मीकि आश्रम पुग्न अझै पनि भारतको बाटो प्रयोग गनु पर्ने बाध्यता रहेको विनयी त्रिवेणी–६ का वडाध्यक्ष नरेन्द्र शाहले बताए ।

उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जले पुलको चितवनतर्फको अग्रभागमा नै बार लगाएपछि वाल्मीकि आश्रम जान त्रिवेणीधाम आएका पर्यटकहरु पुलसम्म पुगेर ‘सेल्फी खिचेर’ र ‘टिकटक’ बनाएर फर्कने गरेका छन् ।

आश्रम पुग्ने जो कोहीले पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणीमा नारायणी नदीमाथि बनेको गण्डक बाँध कटेर भारत विहार राज्यको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल पार गरेर वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता अझै रहेको अध्यक्ष शाहले बताए ।

पुल निर्माण सम्पन्न भए पनि चितवन राष्ट्रिय निकुञ्जमा ट्र्याक खुल्न बाँकी रहेकाले पुल सञ्चालनमा ल्याउन नसकिएको सस्पेन्सन बृज डिभिजन कार्यालयका इन्जिनियर गोपाल थापाले बताए । पुलबाट वाल्मीकि आश्रम करिब एक हजार सात सय मिटर ट्र्याक खोल्ने काम सम्पन्न हुँदा साथ पुल सञ्चालमा आउने इन्जिनियर थापाले बताए ।

“हाम्रो दायित्वमा रहेको पुलको मुखबाट पाँच सय मिटर ट्र्याकको काम पनि निकुञ्जको अनुमतिका कारण रोकिएको छ, अनुमति आउना साथ काम हुन्छ”, उनले भने । उनका अनुसार पुलको त्रिवेणीधामतर्फको मुखमा चेक पोस्ट भवनसमेत बनाउने तयारी भएको छ ।

आवश्यक प्रक्रिया पु¥याएर आए ट्र्याक खोल्ने अनुमति दिने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । “निकुञ्जको सुरक्षाको कुरा पनि छ, निर्माण कम्पनीले चेक पोस्ट बनाउन बाँकी नै छ, पूर्वाधार प्रक्रिया पु¥याएर आए अनुमति नदिने भन्ने कुरा नै हुँदैन”, उनले भने ।

चितवन राष्ट्रिय निकुञ्जभित्र ट्र्याक खोल्न आवश्यक पहल भइरहेको जनाउँदै निकुञ्जसँग समन्वय गरेर दुई र तीन महिनाभित्रै गाउँपालिकाको पहलमा ट्र्याक खुल्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए ।

वाल्मीकिले संस्कृत रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मेहुर्केको विश्वास गरिने चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रममा पुग्न भारतको बाटो प्रयोग गरेर आश्रम पुग्ने नेपाली तीर्थयात्रीलाई भारतीय सीमा सुरक्षा बलले निकै कडाइ गर्ने गरेका छन् ।

बाटोमा पर्ने वाल्मीकि टाइगर रिजर्भ वनपोस्टमा टिकट नै काट्नुपर्ने र भारतीय सुरक्षा पोस्टमा ठाउँठाउँमा सोधपुछ हुने हुँदा नेपाली तीर्थयात्रीलाई सहजै आश्रममा पुग्न कठिन हुने गरेको र पुल निर्माण भएसँगै नेपालकै बाटो प्रयोग गरेर आश्रममा पुग्न सहज हुने र यसले त्रिवेणी र यस क्षेत्रको धार्मिक पर्यटनमा थप टेवा पु¥याउने अध्यक्ष गिरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!