हिपमत डटकम

बिहिबार, माघ १९, २०७९ || 8817  पटक पढिएको

पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । आज छापावाल सुनको कारोबार प्रतितोला रु. एक लाख सात हजार पाँच सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु. एक लाख छ हजार तीन सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु. एक हजार दुई सयले बढ्दा नेपाली बजारमा सुनको कारोबार मूल्य हालसम्मकै उच्च भएको हो ।  यसअघि यही माघ १२ गते सुनको कारोबार प्रतितोला रु. एक लाख छ हजार नौ सय पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख सात हजार छ । अघिल्लो दिन उक्त सुन रू. एक लाख पाँच हजार आठ सय पुगेको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा रु. १५ले बढेर प्रतितोला रु. एक हजार तीन सय ९५ पुगेको महासङ्घले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!