हिपमत डटकम

बिहिबार, माघ १९, २०७९ || 1084  पटक पढिएको

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिन अदालतको पूर्ण पाठ खोजिरहनु नपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग बिहीबार कुरा गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

सत्ता गठबन्धन हुँदा भएको सहमतिअनुसार रास्वपाले गृहमन्त्री पाउनु पर्ने उहाँको भनाइ छ । ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ खोजिरहनु पर्दैन’ अध्यक्ष ओलीले भन्नुभयो, ‘को गृह मन्त्री बन्छ भन्ने कुरा पनि रास्वपाले नै जिम्मेवारी लिने हो ।’

गृह मन्त्री रास्वपालाई दिने भनेपछि गृहमन्त्री को बन्छ भन्ने जिम्मेवारी पनि सोही पार्टीकै हुने उहाँको भनाइ छ । अध्यक्ष ओलीले नेपाली कांग्रेस सरकारमा आउन आतुर रहेको बताउनुभयो । जस्तोसुकै स्थितिमा सरकार चाहिएको कांग्रेसलाई राज्यमन्त्री नै दिँदा पनि मान्ने दाबी उहाँले गर्नुभयो ।

कांग्रेसले राष्ट्रपति हुन खोज्नु अनौठो कुरा भएको बताउँदै अध्यक्ष ओलीले राष्ट्रपति सत्ता पक्षबाटै हुने बताउनुभयो । नयाँ समीकरणको उम्मेदवार नै राष्ट्रपति बन्ने उहाँले प्रष्ट पार्नुभयो । सरकार गठन हुँदाताका के सहमति भएको हो सबैलाई थाहा भएको उहाँले बताउनुभयो । सहमति अनुसार नै राष्ट्रपतिको टुङ्गो लाग्ने उहाँले बताउनुभयो ।

प्रणालीमै सरकारको अस्थिरता देखिएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले राजनीतिक अस्थिरता निम्त्याउन शक्तिहरू सक्रिय रहेको बताउनुभयो । लोकतन्त्र मुख्य कुरा भएकाले यसलाई संस्थागत र सुदृढ बनाउनमा ध्यान दिनुपर्छ उहाँले भन्नुभयो । “संविधान संशोधन गरिहाल्न बेला भएको छैन, भर्खर चुनाव सम्पन्न भएको छ, भर्खर सरकारको न्यूनतम कार्यक्रम जारी गरिएको छ” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!