मोरङ ।मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितबाट प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
हिजो दिउसो भारत जोगवनीबाट नेपाल तर्फ पैदल आउदै गरेका पथरी शनिश्चरे २ मोरङका २५ बर्षीय बिवेक मोतेलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले संका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपिजेसिक ४९ एम्पुल, एभिल ५१ एम्पुल, फेनारगन ५१ एम्पुल र डाईजोपाम ५१ एम्पुल सहित २०२ एम्पुल बरामद गरेको हो ।
प्रतिबन्धित औषधी सहित प्रक्राउ परेका मोतेको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।