हिपमत डटकम

बिहिबार, माघ १९, २०७९ || 1644  पटक पढिएको

नेपाल आयल निगम लिमिटेडको अमलेखगन्जस्थित मधेस प्रादेशिक कार्यालयबाट २० हजार लिटर डिजेल लोड भई विराटनगरस्थित १ नम्बर प्रादेशिक कार्यालयका लागि छुटेकाे एउटा ट्याङ्कर सप्तरी प्रहरीको नियन्त्रणमा आएको छ ।

को. १ ख ३६५५ नम्बरको ट्याङ्कर सप्तरी प्रहरीले मङ्गलबार ट्याङ्कर र डिजेल चोरीमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

डिजेलसहित माघ ११ गतेदेखि हराइरहेको उक्त ट्याङ्करबाट २७ लाख ५२ हजार रुपियाँ मूल्य बराबरको १६ हजार लिटर डिजेल चोरी भएको प्रवक्ता सिंहले भनुभयो ।

ट्याङ्करको १ नम्बर च्याम्बरमा चार हजार लिटर डिजेल रहेको र अन्य २, ३, ४ र ५ नम्बर च्याम्बरमा रहेको कुल १६ हजार लिटर डिजेल चोरी भएको छ ।

‘एक दिनमै विराटनगर पुग्नुपर्ने ट्याङ्कर, तेल खन्याउन पालो कुर्नुपर्ने भएपछि बाटोमै रोकिएको थियो  । रोकिएको ट्याङ्कर चार दिनदेखि सम्पर्कमा नआउँदा पनि आयल निगमका कर्मचारीले चासो दिएका थिएनन्  । सप्तरीको रुपनीमा बेवारिसे अवस्था रोकिराखेको ट्याङ्कर स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।’ ‘ प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सिंहले भन्नुभयाे ।

 

उहाँका अनुसार माघ १४ मै कञ्चनरूप प्रहरी टोलीले फेला पारेका ट्याङ्करबारे अनुसन्धान गर्दै जॉदा डिजेल चोरीको आरोपमा ट्याङ्कर चालक सप्तरीको कञ्चनरूप नगरपालिकाका नवराज भुजेल र सहचालक विराटनगर–४ का अनिलकुमार चौधरीलाई नियन्त्रण लिएपछि चोरी गरिएको डिजेल सप्तरीकै विक्की टेडर्स र भण्डारा स्टोर्स पेट्रोल पम्पलाई बिक्री गरेको खुलेको छ ।

पम्प सञ्चालक शेखर गुप्ता र श्यामकुमार साहलाई पनि पक्राउ गरेर ट्याङ्कर र डिजेल चोरीको सबै तथ्य अनुसन्धान गरेर मङ्गलबार सार्वजनिक गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!