हिपमत डटकम

बिहिबार, माघ १९, २०७९ || 1544  पटक पढिएको

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले करिब आधा दर्जन कलाकर्मीसँग भेटघाट गरेका छन् । शाहले कलाकर्मीसँग बुधबार आफ्नै कार्यकक्षमा भेट गरेका हुन् ।

कलाकर्मी शाहलाई आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुने छैटौं ‘निफ’–२०२३ को सिलसिलामा पुगेका थिए । उक्त अवसरमा कलाकर्मीले बालेनलाई फिल्म महोत्सवको विभिन्न जानकारी समेत दिएका थिए । कलाकर्मीलाई मेयर शाहले फेस्टिभलका लागि आफू र महानगरले सक्दो सहयोग गर्ने बताए ।

भेटमा निफका प्रमुख सल्लाहकार नीर शाह, कलाकार सङ्घकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, निर्देशक यादव भट्टराई, निर्देशक तथा ‘निफ–२०२३’ का पिआर प्रमुख ऋषि लामिछाने, अभिनेत्री सरिता गिरी लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!