हिपमत डटकम

बिहिबार, माघ १९, २०७९ || 1935  पटक पढिएको

चरीकोट, माघ १९ गते । दोलखाको कालिन्चोक गाउँपालिकामा आगलागी हुँदा नौ घर जलेर नष्ट भएका छन् । गएराति गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागीमा परी नौ घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।

आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाईं, दुर्गा दाहाल, चित्रप्रसाद सेढाईं, स्वस्तानी खड्का, शङ्कर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपिलाल थामी, रामबहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो ।

स्थानीय रुद्रबहादुर ओलीको घरबाट आगलागी सुरु भएको वलीले बताउनुभयो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । सदरमुकाम चरिकोटबाट खटिएको प्रहरी सशस्त्र र दमकलसहितको टोलीले आगो नियन्त्रणमा लिएको छ  ।

आगलागीका कारण लाखौँको क्षति हुनुका साथै पशु चौपाया पनि मरेको प्रहरीले जनाएको छ । आगलागीको र क्षतिको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!