हिपमत डटकम

मंगलबार, माघ १७, २०७९ || 32746  पटक पढिएको

काठमाडौं । गायक सपन श्रेष्ठ र गायिका लक्ष्मी हमालले आइटम डान्सिङ गीत ‘आउसँगै झुमी नाचौँ’ सार्वजनिक गरेका छन् । लक्ष्मी हमालको शब्द ,सगीत र राहुल प्रधानको एरेन्ज रहेको गीतको आइतबार काठमाडौमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

पछिलो समयका ब्यस्त मोडेल सुधिर श्रेष्ठ र मल्लिका राजोपाध्यको लिडरोल रहेको गीतको म्युजिक भिडियोलाइ सपन श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो  अहिले युवा पुस्तामा वितृष्णा एवं नैराश्यता बढिरहेको यस्तो बेलामा गीत संगीतका माध्यमबाट सकारात्मक ऊर्जा दिने काम गरिनु पर्छ भनेर सँगैसँगै रमाऔँ, आपसी प्रेम तथा सद्भाव बढाऔँ भन्ने मूल भाव बोकेको गीत ल्याएको गायक श्रेष्ठले जानकारी दिनु भयो भने बेरोजगारी लगायत समस्याले गाँजेको नेपाली युवापुस्ता विभिन्न खाले वितृष्णाको सिकार बनिरहेको र मुलुकमा त्यस्तै खाले घटनाक्रम भइरहँदा यो गीतले मरिलानु के छ र ? रमाइलोसाथ माया, प्रेम र सद्भावले जीवन जीऔँ भन्ने भाव बोकेको गीतको शब्द, संगीत तथा फिमेल गायन गरेकी लक्ष्मीले बताईन् ।

गीतमा रहेको र्याप पार्टको फिचरिंङ प्रिन्स राजले गरेका छन । नयाँ पुस्तालाई नै लक्षित गरेर बनाइएको म्युजिक भिडियो निर्देशन पनि  गायक सपन श्रेष्ठले नै गरेका हुन् ,उनको यो डेव्यू म्युजिक भिडियो निर्देशन हो ।
प्रशान्त तामाङको कोरियोग्राफी र अनिल के मानन्धरको सिनेमाटोग्राफी रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!